Redirecting...

इरानको विदेश मन्त्रालयले भन्योः अमेरिकी आधार शिविरमाथि ‘आक्रमणको तयारी’ छैन - nagariknews.nagariknetwork.com

इरानको विदेश मन्त्रालयले भन्योः अमेरिकी आधार शिविरमाथि ‘आक्रमणको तयारी’ छैन - nagariknews.nagariknetwork.com
Source: ngrk

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकईले आफ्नो देशले क्षेत्रमा रहेका अमेरिकी ठिकानामाथि आक्रमणको तयारी गरिरहेको छ भन्ने रिपोर्टहरूलाई अस्वीकार गरेका छन्।बीबीसी फारसी सेवाका अनुसार, बकईले यस्ता रिपोर्टहरूलाई ‘क्षेत्रलाई उक्साउने अमेरिकी नीति’ को हिस्सा भएको बताए। इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यो स्पष्ट छ कि इरानले कुनै पनि आक्रामक कदमको पूर्ण शक्ति र बलका साथ जवाफ दिनेछ।’इरानी विदेश मन्त्रालयको यो प्रतिक्रिया अमेरिकी विदेश विभागको एक सामाजिक सञ्जाल पोस्टपछि आएको हो।अमेरिकी विदेश विभागले शनिबार एक्समा आफ्नो फारसी पेजमा लेखेको थियो, ‘हामीले यस्ता खबरहरू पाएका छौँ कि इस्लामिक गणराज्यले अमेरिकी ठिकानालाई निशाना बनाउने विकल्पहरूको तयारी गरिरहेको छ।’अमेरिकी विदेश विभागले थप भनेको छ, ‘जसरी राष्ट्रपति ट्रम्पले बारम्बार जोड दिँदै आउनुभएको छ—सबै विकल्प खुला छन्। यदि इस्लामिक गणराज्यको सरकारले अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने, इस्लामिक गणराज्यले अत्यन्त शक्तिशाली शक्तिको सामना गर्नुपर्नेछ.. राष्ट्रपति ट्रम्पसँग खेलबाड नगर्नुहोस्।’ एजेन्सी