संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष- कर्मचारी कटौती गरेर सरकारले संसद्को अवहेलना गर्यो - farakdhar.com
Source: FRDH
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौतीको निर्णय गरेपछि संघीय संसद् र प्रदेशका पदाधिकारीहरू असन्तुष्ट बनेका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा बसेको सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा पाँच प्रदेशका सभामुख–उपसभामुखसहितको संयुक्त बैठकले सरकारले संसद्को अवहेलना गरेको निष्कर्ष निकालेको हो । बैठकले सांसद तथा पदाधिकारीको सेवा-सुविधा सम्बन्धी ऐनमा संशोधन गरी स्वकीय सचिवालय खारेज गर्ने निर्णय तत्काल पुनरावलोकन गर्न माग गरेको छ। उनीहरूले सो निष्कर्ष ...