राष्ट्रियसभा चुनावको कार्यतालिका निर्वाचन आयोगबाट अनुमोदन, पुस २३ गते उम्मेदवारी दर्ता - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको कार्यतालिका अनुमोदन गरी सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ । नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्...