Redirecting...

स्वर सम्राट नारायण गोपालको ३५औँ स्मृति दिवस आज - ujyaaloonline.com

स्वर सम्राट नारायण गोपालको ३५औँ स्मृति दिवस आज - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औं स्मृति दिवस मनाइँदैछ । १९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाउनुभएको छ । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो । उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ । नारायण गोपालले आधुनिक मात्र न...