विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘म त नराउरी’ [भिडियो] - kendrabindu.com
काठमाडौं । नेपाली लोकदोहोरीकी लोकप्रिय गायिका विष्णु माझीले यस वर्षको तीजका लागि नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छन्। सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत बजारमा ल्याएकी हुन्। यो गीत ‘पुतलीको भट्टी’ शृङ्खलाको २१ औँ भाग हो। सुन्दरमणि अधिकारीको शब्द, संगीत तथा निर्देशन रहेको यस गीतले सानैदेखि छोरा र छोरीमा गरिने विभेदको पीडालाई समेटेको छ। यसमा एक चेलीले आमासँग छोरा राम्रो र आफू नराम्री भएकोमा गुनासो गरेको मार्मिक कथा प्रस्तुत गरिएको छ। सपना म्युजिक इन्डस्ट्रिज प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा गत वर्षको चर्चित गीतकी मोडल ललिता पौडेलले मुख्य भूमिकामा अभिनय गरेकी छन्। भिडियोमा बालकलाकार प्रविधि भण्डारी र विज्ञान भण्डारी पनि देखिएका छन्। मौसमी हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ। हरेक वर्ष तीज नजिकिँदै गर्दा विष्णु माझीको गीतको प्रतीक्षामा रहने दर्शक-श्रोताका लागि यो गीतले खुसी थपेको छ। गीतले सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।