Redirecting...

डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर-‘एसओडी’ अभियान सुरु - www.technologykhabar.com

डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर-‘एसओडी’ अभियान सुरु - www.technologykhabar.com
Source: tckb

डिशहोम इन्टरनेटले “सर्भिस अन डोर (एसओडी)” अभियान सुरुवात गरेको छ। डिशहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “सर्भिस अन डोर (एसओडी)” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ। उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बताएको छ। कम्पनीकाअनुसार, ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू ग्राहकको घरमै पुगेर सेवा प्रदान गर्नेछन्। “एसओडी” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने बताईएको छ। साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ। The post डिशहोम इन्टरनेटको ‘सर्भिस अन डोर-‘एसओडी’ अभियान सुरु appeared first on Technology Khabar.