Redirecting...

व्यक्तिको होइन, पार्टी निर्णयको आधारमा जनसंगठन सञ्चालन हुनुपर्छ : केपी ओली  - janatatimes.com

व्यक्तिको होइन, पार्टी निर्णयको आधारमा जनसंगठन सञ्चालन हुनुपर्छ : केपी ओली  - janatatimes.com
Source: jant

काठमाडौं, साउन १८ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिनुभएको छ । शनिबार बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्तिको भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’ एमालेका २३ वटै जनसंगठनका इञ्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिनुभयाे । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ । बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । पार्टी नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत बैठकमा व्यक्त गरिएको छ । बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ ।