Redirecting...

विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै - ujyaaloonline.com

विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै राखेको छ । विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । लुम्बिनीका डी आर्सी सर्टले ५७ र निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सन्दीप लामिछाने र सुबाश भण्डारीले समान २ तथा जर्ज मुन्सेले १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४...