Redirecting...

भृकुटीमण्डपमा भोट मेसिन सुस्त, अहिलेसम्म कति खस्यो मत ? - www.sutranews.com

भृकुटीमण्डपमा भोट मेसिन सुस्त, अहिलेसम्म कति खस्यो मत ? - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानले अपेक्षित गति लिन सकेको छैन। बिहान सवा ९ बजेदेखि सुरू भएको मतदानमा दिउँसो सवा २ बजेसम्म जम्मा ५३२ मत मात्र खसेको पार्टी निर्वाचन आयोगले जनाएको छ। २२ सय ६२ जना प्रतिनिधि रहेको महाधिवेशनमा अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य (केही निर्विरोध भइसकेका) तथा ३ वटा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ। सबै मतदान विद्युतीय मेसिनमार्फत भइरहेको छ। तर, एक जनाले मत हाल्न २५ देखि ४० मिनेटसम्म लाग्दा लाइन लामो र प्रक्रिया सुस्त बनेको छ। मतदानस्थलमा प्रतिनिधिहरूको भीड देखिए पनि गति नबढ्दा रातिसम्म धकेलिने देखिएको छ। यद्यपि, एमाले नेतृत्वले आज राति १० बजेसम्म मतदान सक्ने र त्यसपछि तुरुन्तै मतगणना सुरू गर्ने दाबी गरेको छ।