कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज संसद्मा पेस नहुने - www.onlinepana.com
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिबारे गठन गरिएको विशेष छानबिन समितिको प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस नहुने भएको छ । सभामुख, संसद् सचिवालय र समितिकाअनुसार सहमति नभएकाले प्रतिवेदन संसद्मा पेस नहुने भएको हो । समितिमा ‘कुलिङ पिरियड’ प्रावधान निष्क्रिय हुने भाषा कसको जिम्मेवारीमा पर्यो भन्ने विषयमा मतभेद देखिएको छ । प्रतिपक्षले राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर गर्दै कारबाहीको माग गरिरहेको छ भने सत्तापक्षले कर्मचारीको भूमिकालाई प्राथमिकता दिएको छ । छानबिन समितिले सभापति रामहरि खतिवडा, तत्कालीन सचिव सुरजकुमार दुरासहित उच्च अधिकारीहरूबाट सोधपुछ गरिसकेको छ। प्रतिवेदन परिभाषित जिम्मेवारी र परोक्ष भूमिकामा छुट्ट्याएर लेखिँदैछ । The post कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज संसद्मा पेस नहुने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).