Redirecting...

मधेसमा सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ - nagariknews.nagariknetwork.com

मधेसमा सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ - nagariknews.nagariknetwork.com
Source: ngrk

मधेस प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारी र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। तिवारीले शिक्षा तथा संस्कृति र कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय सम्हाल्नेछन्। यस्तै, बिना विभागीय मन्त्रीको रूपमा रहेका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।