Redirecting...

उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना - kendrabindu.com

उत्पादन बढाउँदै सिंहदरबार वैद्यखाना - kendrabindu.com
Source: kend

काठमाडौं। सिंहदरबार वैद्यखानाले औषधि उत्पादन बढाएको छ। विसं २०७७ देखि उत्पादन घटेको थियो। कच्चापदार्थ खरिदका लागि तीन वर्षसम्म ठेक्का सम्झौता नहुँदा उत्पादन प्रभावित भएको थियो। वैद्यखाना विकास समितिका अनुसार हाल उत्पादन वृद्धि र कारोबार विस्तारमा काम भइरहेको छ। सरकारी औषधालयबाट करिब रु दुई करोड बराबरको औषधिको माग आएको छ। यसअघि आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने अवस्था रहेकामा साउनयता वैद्यखाना नाफामा गएको छ। कच्चापदार्थ आपूर्तिमा समस्या हुँदा उत्पादन ठप्प हुने गरेको थियो। आन्तरिक व्यवस्थापन मिलाएर उत्पादन पुनः बढाइएको जनाइएको छ। विसं २०७७ मा १२ प्रकारका औषधि उत्पादन हुँदै आएकामा अहिले ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन्। तीमध्ये ३० प्रकार सरकारी औषधालयमा पठाइन्छ। कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता गरिएको थियो। आपूर्ति नभएपछि ठेकेदारलाई कालोसूचीमा राखिएको र २०८१ वैशाखमा नयाँ ठेक्का गरेर सोही वर्षको साउनदेखि उत्पादन सुरु गरिएको जनाइएको छ। लगातार घाटा हुँदा सात महिनासम्म कर्मचारीले तलब नपाउने अवस्था आएको थियो। हाल नियमित उत्पादन र बिक्री भएपछि तलब वितरण नियमित भएको छ। वैद्यखानाका औषधिको माग बढेको छ। करिब रु चार करोड बराबरको माग रहेको जनाइएको छ। मागअनुसार उत्पादन गर्न नसकिएकाले हाल सरकारीबाहेक अन्य क्षेत्रमा आपूर्ति गरिएको छैन। चालु आर्थिक वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पु¥याउने लक्ष्य राखिएको छ । शिलाजित, च्यवनप्रास, निमिया, चन्द्रप्रभावटी, महायोगराज, काञ्चनार र त्रिफलालगायत औषधिको माग बढी रहेको छ। १५ वर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु पनि पुनः उत्पादन सुरु गरिएको छ ।