Redirecting...

विश्वकप छनोटअघिका दुवै अभ्यास खेलमा नेपाल विजयी - ukaalo.com

विश्वकप छनोटअघिका दुवै अभ्यास खेलमा नेपाल विजयी - ukaalo.com
Source: uklo

काठमाडौँ– आईसीसी टी२० विश्वकप २०२६ को एशिया छनोटअघि खेलेका दुवै अभ्यास खेलमा नेपालले जीत हासिल गरेको छ। सोमबार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो। ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ रन बनाए। उनले ३३ बलमा ५ चौका, ३ छक्का प्रहार गरे। मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ३८ रन र कुशल मल्लले नटआउट ३८ रनको योगदान दिए। कतारका लागि बलिङमा मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिए भने आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट हात पारे। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो। कतारका लागि मुहमद तनविरले ५१ रन, मुहमद असिमले ३० रन र मोहमद ब्रइगले ४० रन बनाए। बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए भने ललित राजवंशी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट हात पारे।