तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुग्यो सुन - ukaalo.com
Source: uklo
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ३० हजार रुपैयाँ नाघेको छ। दशैँको बिदापछि आइतबार बजार खुलेसँगै सुनको मूल्य बढेको हो। दशैँअघि असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ। यसैगरी, असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ।