एमेच्योर रेडियो सञ्चालन मापदण्ड, लाइसेन्स परीक्षादेखि फ्रिक्वेन्सी प्रयोगमा यस्तो छ व्यवस्था - techpana.com
Source: tcpn
काठमाडौँ । सरकारले एमेच्योर रेडियो सञ्चालन मापदण्ड (अपरेटिङ स्ट्यान्डर्ड) लागु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमेच्योर रेडियो कन्ट्रोल अपरेटर तथा सञ्चालकको लाइसेन्सको तह र श्रेणी निर्धारण, परीक्षा प्रणाली, रेडियो फ्रिक्वेन्सीको प्रयोग र अपरेटिङ स्ट्यान्डर्ड तय गर्न आवश्यक भएको भन्दै मापदण्ड लागु गरेको हो । व्यक्तिगत लाभको उद्देश्य नराखी रेडियो प्रविधिसम्बन्धी आत्मशिक्षा तथा अन्वेषणको उद्देश्यले लाइसेन्स प्राप्त व्यक्तिहरुबिच सञ्चार आदानप्रदान गर्न प्रयोग गरिने रेडियो यन्त्रलाई एमेच्योर रेडियो भनिन्छ । मापदण्ड...