गीत: यसपालि त मलाई पनि ठिटै हुने मन छ - sahityapost.com
हिमाल, पहाड, तराई, मधेस एउटै कुरा भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ । गाउँ, सहर, बस्ती–बस्ती एउटै स्वरमा भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ। उल्झिएको साङ्ले गाँठो फुकाउँछौँ भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ।विसङ्गति, बेथितिलाई चिर्छौँ–चिर्छौँ भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ। आशा, ऊर्जा, भरोसा बढाउँछु भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ ।जातजाति, संस्कृति सबै जोडौँ–जोडौँ भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ । गाईसरि साधु–सन्त शङ्खनादले भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ।शास्त्रीय, लोक र आधुनिक गीत–सङ्गीत भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ । मेचीदेखि महाकाली दूरदराज भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ।विश्वव्यापी फैलिएको नेपाली समाज भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ। बाजे–बज्यै, बुबा–आमा दाजु–बहिनी भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ ।खुम्चिएर, कुप्रिएर कति बसौँ भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ। कुशासन र कुकर्म सबै अब सहन्न भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ ।सगरमाथा शिखरबाट बुद्धवाणी भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ । चार जात, छत्तिस वर्ण एउटै स्वरमा भन्छयसपालि त मलाई पनि ठिटै हुने मन छ ।