Redirecting...

कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल - www.palikalive.com

कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल - www.palikalive.com
Source: plkl

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले कतिपय विषयमा गरिरहेका काम वा गरिसकेका काम पनि भन्न नमिल्ने भएकाले चुपचाप काम गरिरहेको बताएका छन्। गृहमन्त्रीले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले शुद्ध चित्तले कर्म गरिरहेको दाबी गरेका हुन्। ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दै छौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ’, गृहमन्त्री अर्यालले भनेका छन्, ‘प्रचारमुखी मन्त्रालय नभएकाले चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरू विकल्प हुँदैन।’ यस्तै उनले निर्वाचनमार्फत मुलुकलाई निकाससम्म डोर्‍याउने यो सरकारको अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता पनि जनाएका छन्। ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्ने छौँ उनले भनेका छन्, ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’ The post कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल appeared first on Palika Live.