Redirecting...

म्यानचेस्टर युनाइटेडको जित - www.hamrokhelkud.com

म्यानचेस्टर युनाइटेडको जित - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा टुंगियो। तर दोस्रो हाफमा खेल पूरै युनाइटेडले नियन्त्रणमा राख्यो। ५१ औं मिनेटमा काउन्टर अट्याकमा ब्रायन एमबुमोले गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए। त्यसपछि ६२औँ मिनेटमा फर्नान्डेसको उत्कृष्ट पासबाट मेसन माउन्टले तेस्रो गोल गरे। त्यसपछि ८२ औं मिनेटमा यर्सन मोस्क्वेराको ह्यान्ड बलपछि प्राप्त पेनाल्टीलाई फर्नान्डेसले सजिलै गोलमा परिणत गरे। यो हारपछि वुल्भ्स अझै यो सिजनको पहिलो जितको खोजीमा छ। रोब एडवर्ड्सको टोली १७औँ स्थानको नटिङ्घम फरेस्टभन्दा १३ अंक पछाडि छ। प्रिमियर लिग इतिहासकै सबैभन्दा खराब सुरुआतमध्ये यो एक हो। बनाइदिएको छ। युनाइटेड शीर्ष ४ टोली भन्दा १ अंक पछि छ। प्रिमियर लिग अंकतालिकाको शीर्ष १० टोली The post म्यानचेस्टर युनाइटेडको जित first appeared on हाम्रो खेलकुद.