कविता : स्मृतिको भग्नावशेष र नयाँ क्षितिज - sahityapost.com
अर्कै दिशातिरआजदेखि कोरिनेछन्पाइलाका छापहरू। हिजोसम्म जुन माटोमामेरो नाम लेखिएको थियोआज त्यहाँ अर्कैको स्वामित्वकोघाम लाग्नेछ । बाटो अलि फरक हुँदैछअलि अपरिचित, अलि चिसो ।जहाँ म त हिँड्दै छुतर मेरा छायाहरूपुरानै घरको चौखटमाअल्झिएर बसेका छन् । हिजोसम्ममलाई डोर्याउने ती हातहरूआत्मीय स्पर्श र भरोसाकाअग्ला पहाडहरूआज कतै टाढाएउटा मौन किनारामाउभिएका छन् । अबम र उनीहरूबीचको दूरीमिटरमा होइनसमय र विवशताकोएउटा विशाल खाडललेनापिनेछ । घरभित्र छिर्दा अचेलशून्यताले मलाई नैप्रश्न गर्छ“यो रिक्ततातिमीले छोडेको होकिसमयले ल्याएको?” जुन भित्ताहरूमाकुनै बेला हाँसोका फूलहरू फुल्थेजहाँका कुना–कुनाहरूहाम्रा कुराकानीलेजीवन्त हुन्थेआज ती भित्ताहरूमौनताको बाक्लो लेपलेसजिएका छन् । इँटाहरू त उही हुन्तरतिनको बोली हराएको छ ।झ्यालहरू त उही हुन्तरतिनले देखाउने संसारफेरिएको छ । परदेश जानु भनेकोकेवल ठेगाना बदल्नुमात्र कहाँ रहेछ र ? यो तआफूले आफैँलाईएउटा जीवन्त इतिहासबाटउखेल्नु रहेछ । आँगनकोत्यो तुलसीको मठमामेरो बाल्यकाल छुटेको छकतिपय सपनाहरूबगेर गएका छन्बलेसीको पानीसँगै । अबनयाँ घरका भित्ताहरूमातस्बिरहरू त टाँगिएलान्तरमेरो मनको मौनतालाईचिन्न सक्लान् र ती भित्ताहरूले ? झोलाभरिसामान त अटाएतर अटाएनमनको भारीजुनजति टाढा लग्योउति नैपुरानो जगतिर तानिरहन्छ। बाटो साँच्चैफरक भएको छएकातिर नयाँ संसार,अर्कोतिररित्तो भएको घरकोअन्धकारबोलाइरहेछ ।