कविता : समय आगो हो - sahityapost.com
म आगो हुँराप, ताप र अडिग सङ्कल्पबाट बनेको ।जहाँ विलम्ब पराजय होगति स्वयं अस्त्र हो । म बोल्दा शब्दहरू आगो बनेर उठ्छन्आराममा थन्किएका विचारहरूसुविधाजनक हैसियत जोगाउन तर्क खोज्दै भाग्छन् । म माटोबाट उठेको हुँतर अब माटोले मेरो सीमा तय गर्दैनसमुद्र मेरो मैदान होजहाँ छाल अभ्यास र शक्ति होडर होइन, गहिराइ बाधा होइनचुनौती हो । अब मानिस, किनारामा उभिएर इतिहास हेर्दैनहामफाल्छ । म आगो हुँसन्तुलनको गीत होइनगति बनाउने साहित्य ।लेखन अब शान्त आश्रय होइनअग्रपङ्क्तिको अस्त्र हो ।कविता सुन्दर भएर होइनशक्तिशाली भएर बाँच्छ । भविष्य तातो छ, काँचो पनि छजो यो ताप सहन सक्दैन, पग्लन्छ ।विकास अब कल्पनाको पछि दौड्दैनकल्पनासँगै दौडिन्छ ।कल्पना थुन्नेहरूलाई समयले आफैँ जलाउँछ । म आगो हुँयसकारण प्रतीक्षा गर्दिनँ, दिशा दिन्छु ।सभ्यता ढुङ्गाबाट होइनऊर्जाबाट उठ्छ ।साहित्य स्मृतिको सङ्ग्रह होइनभविष्यको घोषणा हो । यहाँ सम्झौता छैन, शिष्टाचार छैनछ त केवल ऐतिहासिक स्पष्टता ! म आगो हुँव्याख्या गर्ने कुरा होइनअनुभूतिको मार्ग ।भोलि यही तापमा पुरानो संसार ढल्नेछयही रापमा नयाँ संसार उभिनेछ ।