राष्ट्रपति पौडेलले दिए एनपिएल विजेता समूहलाई बधाई - farakdhar.com
Source: FRDH
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद छ ।’