Redirecting...

आलमको उत्कृष्ट बलिङमा काठमान्डु गोर्खाज बन्यो प्लेअफ पुग्ने दोस्रो टोली - corporatesamachar.com

आलमको उत्कृष्ट बलिङमा काठमान्डु गोर्खाज बन्यो प्लेअफ पुग्ने दोस्रो टोली - corporatesamachar.com
Source: copr

काठमाडौं । शाहब आलमले सानदार बलिङमा काठमान्डु गोर्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेटको कीर्तिमानी बलिङ गर्दा गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो। बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावनालाई पनि बलियो बनाएको छ । लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित दर्ता गर्दा २ खेलमा हार ब्यहोर्दै १० अंक जोडेको छ । यो सँगै काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा १० विकेट गुमाएर १५२ रन मात्र बनायो । ६ खेलमा चौथो हार व्यहोरेको पोखरा ४ अंक छ । यस्तै पोखराको प्लेअफ पुग्ने सम्भावना पनि कठिन बनेको छ । काठमान्डुलाई प्ले अफमा पुर्याउन शाहब आलमले महत्वपूर्ण योगदान गरे । उनको कसिलो बलिङले ह्याट्रिक पूरा गरे । आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले मात्र २५ रन खर्चेर ६ विकेट लिए । यो सँगै आलम दोस्रो सिजनमा ६ विकेट लिने पहिलो खेलाडी समेत बनेका छन्। पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरे । ३१ बलको सामना गरेका उनले सर्वाधिक ५४ रन बनाए । धनन्जय लक्षनले २७ बल खेल्दै ३० रन जोडे । ५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । यस्तै, कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे । बलिङमा काठमान्डुका शाहब आलमले ६ विकेट लिँदा कप्तान करण केसी र सन्नी पटेलले समान दुईरदुई विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । गोर्खाजको लागि ओपनर चार्ल्सवर्थले ६४ रन र भीम सार्कीले ५५ रन बनाए। आक्रमक ब्याटिङ गरेका भीम एनपीएलमा यस सिजन सबैभन्दा छिटो १९ बलमा अर्धतशक बनाएका थिए । २३ बल खेलेका उनले ५ चौका र ४ छक्काको मदतमा ५५ रन बनाएका थिए । बलिङमा पोखराका लागि धनन्जय लक्षनले १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।