न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात - corporatekhabar.com
काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो । न्यूजील्याण्डले दिएको ३०१ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतको लागि विराट कोहलीले सर्बाधिक ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ तथा केएल राहुल र वाशिंटन सुन्दरले २९-२९ रन बनाए । त्यस्तै न्यूजील्याण्डकाया बलर कील जामिएसनले ४ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । न्यूजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ८४ रन बनाएका थिए भने हेनरी निकोल्सले ६२ रन बनाएका थिए । यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल जनवरी १४ मा हुने छ । The post न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.