Redirecting...

बाढी पहिराेले १८ जलविद्युत आयोजना प्रभावित, ११ वटाको उत्पादन बन्द - www.sutranews.com

बाढी पहिराेले १८ जलविद्युत आयोजना प्रभावित, ११ वटाको उत्पादन बन्द - www.sutranews.com
Source: sutr

काठमाडौं । पछिल्ला दिनहरूमा आएको बाढी र पहिरोले नेपालका विभिन्न जलविद्युत परियोजनाहरूमा व्यापक क्षति पुर्‍याएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ९ जलविद्युत कम्पनीका ११ वटा आयोजना बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन् भने अन्य ७ वटा आयोजनामा पनि विभिन्न स्तरको क्षति पुगेको छ । यस विपत्ति प्रमुखतया १८ जलविद्युत आयोजना प्रभावित भएका छन्, जसमा ११ वटाका उत्पादन गतिविधि नै रोकिएका हुन् । उत्पादन नै बन्द भएका आयोजनामा हिमाल दोलखा हाइड्रो पावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत, माइखोला हाइड्रो, सान्भी इनर्जी, एशियन हाइड्रो, सामलिङ पावर, र पञ्चकन्या माइ रहेका छन् । हिमाल दोलखा हाइड्रो पावरका माइखोला हाइड्रो र माइखोला क्यासकेडमा क्षति पुगेको छ । सानिमा माइ हाइड्रोको माइखोला र माइखोला क्यासकेडमा पनि क्षति पुगेको छ । इपानका अनुसार सुपरमाइ हाइड्रोपावरको सुपरमाइ हाइड्रो र सगरमाथा जलविद्युतको सुपरमाइ ए आयोजनामा क्षति पुगेको छ । यसैगरी, माइ खोला हाइड्रोपावरको सुपरमाइ ए क्यासकेड र सान्भी इनर्जीको जोगमाइ खोला र जोगमाइ क्यासकेडमा क्षति पुगेको छ । एशियन हाइड्रोपावरको तल्लो जोगमाइ आयोजनामा असर परेको छ । जनाइएअनुसार सामलिङ पावरको माइबेनी हाइड्रोमा क्षति पुगेको छ । पञ्चकन्या माइको माथिल्लो माइखोला आयोजनामा प्रभाव परेको छ । यस आपतकालिन अवस्थाले जलविद्युत उत्पादनमा ठूलो असर पु¥याएको इपानले जनाएको छ । जसको परिणाम स्वरूप, देशभर उर्जा आपूर्तिमा पनि अवरोध आएको छ ।