अछाम-२ मा उज्यालो पार्टी पछि हट्यो, रास्वपालाई समर्थन - farakdhar.com
Source: FRDH
अछाम- २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने भएका छन्। रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै आइतबार अछामको मंगलसेनमा रास्वपाका शाहलाई समर्थन गर्ने सहमति गरेका हुन्। उनेपा उम्मेदवार रावलले परिवर्तनको मुद्दालाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवार शाहलाई समर्थन गरेको बताएका छन् । यस्तै आफू निर्वाचित भएपछि रावलसँग सहमतिअनुसार काम गर्ने रास्वपा उम्मेदवार शाहले बताएका छन् ।