झलनाथलाई माधवको सुझाव : पार्टीबाट बिदा भए हुन्छ! - www.nepalclicks.com
विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले पार्टी नीति विपरीत बोलेकाले खनालले बिदा हुनु ठीक हुने अभिव्यक्ति दिएका हुन्। पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए। ‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ। नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने। खनालले पटक-पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए। अर्को प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकाले त्यो व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा राखे। नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए।