अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने उस्मान ख्वाजाको घोषणा - farakdhar.com
Source: FRDH
अस्ट्रेलियाका अनुभवी ओपनर उस्मान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । जारी एशेज सिरिजको अन्तिम टेस्ट खेल नै उनको करियरको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ । ३९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गर्न लागेका ख्वाजाले टेस्ट करियरमा ८७ खेलमा ६ हजार २०६ रन रन बनाएका छन्, त्यसक्रममा उनले १६ शतकीय पारी खेलेका छन् । यस्तै, ख्वाजाले ४० ओडिआईमा दुई शतकको मद्दतमा १५ सयभन्दा बढी रन बनाएका छन् । पछिल्लो समय उनलाई व्यक्तिगत स्वार्थका लागि टोलीमा बसिरहेको र युवा खेलाडीको अवसर रोकेको आरोप...