रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ‘ओभरसब्सक्राइभ’ - arthasanjal.com
Source: sanj
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आज (सोमबार)देखि निष्कासनमा ल्याएको आईपीओ आधा घण्टा भित्रै ‘ओभरसब्सक्राइभ’ भएको छ। बिहान १०:३० बजेसम्ममै निर्धारित कोटाभन्दा बढी आवेदन परेका छन्। कम्पनीले वैदेशिक रोजगारतर्फका लगानीकर्ताका लागि कुल ११ लाख ५५ हजार ९६० कित्ता सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर छुट्याएको थियो। तर निष्कासन खुलेको एक घण्टाभित्रै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ। विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको लागि मङ्सिर २५ (बिहीबार) सम्म आवेदन दिन सक्नेछन् ।