Redirecting...

प्रियंकादेखि रस्मिकासम्म : अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी बाहिरियो ? - www.sutranews.com

प्रियंकादेखि रस्मिकासम्म : अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक भिडिओ कसरी बाहिरियो ? - www.sutranews.com
Source: sutr

एजेन्सी । हालै, ‘बेबी डल आर्ची’को नामले चर्चित मोडेल अर्चिता फुकनका तस्बिरहरू अमेरिकी एडल्ट फिल्म स्टार केन्ड्रा लस्टसँग मोर्फ गरिएको अवस्थामा सामाजिक सञ्जालमा फैलियो। अहिले यस प्रकरणमा एक जना व्यक्तिलाई पक्राउ गरिएको छ। असमको डिब्रूगढका एक व्यक्तिलाई नक्कली सामाजिक सञ्जाल खाता बनाएर ‘बेबी डल आर्ची’को नामले चर्चित अर्चिता फुकनका छेडछाड गरिएका तस्बिरहरू पोस्ट गरेको आरोपमा पक्राउ गरिएको हो। आरोपीको पहिचान प्रतीम बोरा भनेर गरिएको छ। प्रहरीले जानकारी दिएको अनुसार उनी अर्चिता फुकनका पूर्व प्रेमी हुन्। सोधपुछमा उनले अर्चिता फुकनलाई बदनाम गर्ने र हैरानी दिने उद्देश्यले ती आपत्तिजनक तस्बिरहरू शेयर गरेको बताएका छन्। प्रहरीका अनुसार, सोधपुछका क्रममा प्रतीम बोराले स्वीकार गरेका छन् कि उनले अर्चिताका पुराना सामाजिक सञ्जाल पोस्टहरूबाट तस्बिर लिई एडिट गरेका थिए। उनले भनेका छन् कि सम्बन्ध टुटेपछि रिस र भावनात्मक पीडाका कारण उनले त्यो नक्कली खाता खोलेका थिए। बोरामाथि भारतीय न्याय संहिता (BNS) अन्तर्गतका सम्बन्धित धाराहरूमा मुद्दा दर्ता गरिएको छ। अरू पनि भएका थिए पीडित एक बलिउड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्। तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्। पछिल्लो समय एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ। रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार हुन्। ती भिडिओमा अरू कसैको अनुहार र आवाज हटाएर उनीहरूको अनुहार र आवाज दुरुस्त देखिने गरी राखिएको हुन्छ। प्रायः सामाजिक सञ्जालबाट तस्बिरहरू निकालेर अनुमति बिना नै प्रयोग गरिन्छ। बलीवुडमा डीपफेक भिडिओ बढिरहनुको कारण के हो त ? पुरानो चलन तर एआई सुलभ भएपछि अझै सहज : ‘डीपफेक’ बनाउने चलन नयाँ होइन। त्यस्ता सामग्रीको तारोमा प्रायः चर्चित हस्तीहरू पर्छन्। “अहिलेसम्म हलीवुडले त्यसको दुष्प्रभाव भोगेको थियो,” एआईविज्ञ आरती समानीले बीबीसीसँग भनिन्। न्याटली पोर्ट्मन र इमा वाट्सनजस्ता अभिनेत्रीहरू पनि डीपफेकको सिकार बनेका छन्। आर्टिफिशल इन्टेलिजन्स (एआई)का क्षेत्रमा भएको उन्नतिले मानिसको नक्कली अडिओ र भिडिओ बनाउन अझ सजिलो भएको उनी बताउँछिन्। “विगत छ महिनादेखि एक वर्षका बीचमा एआई टूलहरू धेरै परिष्कृत भएका छन्। त्यसले हामीलाई अरू देशमा त्यस्ता सामग्री किन बढिरहेका छन् भन्ने बताउँछ,” समानीले भनिन्। “त्यहाँ धेरै टूलहरू उपलब्ध छन् जसले तपाईँलाई कम वा खर्चबिनै वास्तविकजस्तो देखिने कृत्रिम तस्बिरहरू बनाउन सघाउँछन्। त्यसो हुँदा यी सजिलै पहुँचयोग्य हुन्छन्।” भारतमा डीपफेक फैलिनुमा केही विशिष्ट कारकहरूको भूमिका रहेको उनी औँल्याउँछिन्। ठूलो जनसङ्ख्या रहेको युवा पिँढी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग अनि “बलीवुडमोह र सलेब्रटी कल्चरप्रतिको अनुराग” ती कारक भएको उनको ठम्याइ छ। “परिणामस्वरूप भिडिओहरू द्रुत गतिमा फैलिन्छन् र समस्या बढ्छ,” उनी भन्छिन्। त्यस्ता भिडिओ बनाउन प्रेरित गर्ने कुराहरू दुई गुना भएको उनको ठहर छ। “बलिउड हस्ती देखिने सामग्री एउटा आकर्षक क्लिकबेट बन्छ, विज्ञापनबाट ठूलो कमाइ हुन्छ। त्यस्तो सामग्री प्रकाशित भएपछि अन्तरक्रिया गर्ने मानिसहरूको डेटा बेचिने जोखिम पनि हुन्छ, तर त्यो उनीहरूलाई थाहा हुँदैन।” प्राय: अश्लील भिडिओहरूका निम्ति नक्कली तस्बिरहरू प्रयोग गरिन्छ। तर नक्कली भिडिओ जेबाट पनि बनाइएको हुन सक्छ। केही समयअघि कालो रङ्गको कसिलो पहिरन लगाएकी एक महिलाको भिडिओमा २७ वर्षीया अभिनेत्री मन्दानाको अनुहार राखिएको एउटा भिडिओ इन्स्टाग्राममा देखा पर्‍यो। उक्त भिडिओ भाइरल भयो। तर ‘अल्ट न्यूज’का एक पत्रकारले तथ्यजाँच गर्दै त्यो डीपफेक भिडिओ भएको औँल्याइदिए। मन्दानाले त्यस घटनालाई “अत्यन्त भयानक” भन्दै मानिसहरूलाई त्यस्तो सामग्री शेअर नगर्न आग्रह गरिन्। त्यसपछि चर्चित अभिनेत्री प्रियङ्का चोपडा जोनसको एउटा भिडिओ पनि भाइरल भएको छ। त्यो भिडिओमा उनकै अनुहार छ तर एउटा कुनै सामानलाई प्रवर्धन गर्ने गरी उनको हटाएर अर्कैको आवाज राखिएको छ। त्यो भिडिओमा लगानी गर्ने तरिकाहरू पनि सिकाइएको छ। अभिनेत्री आलिया भट्ट पनि नक्कली एउटा भिडिओका कारण चर्चामा आइन्। त्यो भिडिओमा उनको जस्तै अनुहार देखिने एक महिलाले क्यामराअगाडि उभिएर विभिन्न अश्लील सङ्केत गरेको देखिन्छ। अभिनेत्री कट्रिना कैफसहित अन्य कलाकारहरू समेत नक्कली भिडिओ बनाउनेहरूको सिकार बनेका छन्। ‘टाइगर थ्री’ चलचित्रको एउटा दृश्यका लागि उनले तौलिया मात्र लगाएकी थिइन्। त्यो तस्बिरमा उनको कपडा फेरेर शरीर अझ खुल्ला देखिने बनाएको थियो। अनुसन्धान फर्म सेन्सिटी एआईको अनुमानअनुसार सबै डीपफेकमध्ये ९० देखि ९५ प्रतिशतबीच बिनाअनुमति बनाइएका अश्लील सामग्री हुन्छन्। तीमध्ये अधिकांशले महिलालाई निसाना बनाउँछन्। मलाई यो डरलाग्दो लाग्छ, “भारतीय प्रविधि सेवा तथा परामर्श कम्पनी विप्रोका गोपनीयतासम्बन्धी ग्लोबल चीफ अफिसर इभाना बार्टोलेटीले भनिन्। “महिलाहरूका लागि यो निकै समस्याकारी छ किनभने यसलाई प्रयोग गरेर अश्लील र हिंसाका तस्बिरहरू सिर्जना गर्न सकिन्छ। अनि त्यस्ता सामग्रीको बजार छ भन्ने कुरा हामी सबैलाई थाहा छ।” “यो सधैँ समस्या थियो, यो फैलिरहेको गति र ती टूलको उपलब्धताको विषय अहिले झन् आश्चर्यजनक बनेको छ। महिलाको महत्त्व प्रायः सौन्दर्यको मापदण्डसँग जोडिएको हुन्छ र महिलाको शरीरलाई वस्तुको रूपमा हेरिन्छ,” उनले भनिन्। डीपफेक भिडिओ फैलिन थालेपछि सरकार र प्रविधि कम्पनीहरूलाई त्यस्ता सामग्री नियन्त्रण गर्न आह्वान गरिएको छ। भारत सरकारले निर्वाचन हुने वर्ष सुरु हुन लागेपछि डीपफेकलाई नियन्त्रण गर्न कारबाही थालेको छ। मन्दानाको भिडिओ भाइरल भएपछि देशका सूचनाप्रविधिमन्त्री राजीव चन्द्रशेखर डीपफेकविरुद्ध बोलेका थिए। “मिथ्या सूचनाको यो सबैभन्दा नयाँ र अझ खतरनाक एवम् हानिकारक रूप हो। यसलाई सम्बन्धित मञ्चहरूले हेर्नुपर्छ।”