शेयर बजार लगातार चाैथाे दिन घट्याे, काराेबार रकम भने बढ्याे - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५२ अङ्कले घटेर २ हजार ६ सय ३१ दशमलव १७ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै १ दशमलव १८ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ७७ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सामलिङ पावर कम्पनीको शेयर सबैभन्दा धेरै २ दशमलव ८५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सागर डिस्टिलरी, मिथ...