Redirecting...

एउटै सेग्मेन्टमा तीन ब्राण्डले उतार्दै नयाँ ईभी, तपाईंको छनोट कुन ? - www.meroauto.com

एउटै सेग्मेन्टमा तीन ब्राण्डले उतार्दै नयाँ ईभी, तपाईंको छनोट कुन ? - www.meroauto.com
Source: meau

काठमाडौं । ईभी त्यो पनि ह्याचब्याक किन्ने योजना बुन्दै हुनुहुन्छ भने पर्खनुहोस् । छिट्टै बजारमा ३० लाखदेखि ४० लाख रुपैयाँसम्म पर्ने नयाँ मोडलहरू आउँदैछन् । बजारमा चल्तीका मोडल उपलब्ध गराउँदै आएको एमजीदेखि नयाँ खेलाडी जिलीसम्मका ब्राण्डले नयाँ ह्याचब्याक कार ल्याउन लागेका हुन् । सन् २०२६ को पहिलो क्वाटरमा एमजी फोर अर्वान, जिली ईएक्स टु, आयोन यूटी मोडल नेपाली बजारमा आउने छ । यी तीन वटै मोडल ह्याचब्याक हुन् । जसमा साइजको हिसाबले सबैभन्दा ठूलो एमजी फोर अर्बान हुनेछ । यसको लम्बाइ ४३९५ एमएम छ । जुन कम्प्याक्ट साइजमा उपलब्ध एसयूभी सरह हो । आयोन यूटी ४२७० एमएम लामो छ । यी तीन मध्ये सबैभन्दा छोटो ह्याचब्याक कार जिली ईएक्स टु हो । यसको लम्बाइ ४१३५ एमएम छ । आयोन यूटी कुन साइजको ब्याट्रीमा नेपाल आउँछ अहिल्यै एकिन साथ भन्न सकिँदैन । तर, चीनमा यसलाई ४४ किलोवाट आवर, ५० किलोवाट आवर र ६० किलोवाट आवरको ब्याट्री साइजमा उपलब्ध गराएको छ । यसमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । जिली ईएक्स टुमा ५८ र ८५ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा ब्याट्री पनि ३० र ४० किलोवाट आवरको दुई फरक प्याक प्रयोग भएको छ । एमजीले चीनमा पहिलो सेमी सोलिड स्टेट ब्याट्रीमा उत्पादन गरेको एमजी फोर अर्बानमा ४२.८, ५३.९ र ७० किलोवाट आवरको ब्याट्री छ । त्यसमा साना दुई ४२.८ र ५३.९ किलोवाट आवरको ब्याट्री एलएफपी हो भने ७० किलोवाट आवरको ब्याट्री सेमी सोलिड स्टेट हो । बाहिरी बनोटमा तीनवटै मोडलमा व्यापक फरक रहे पनि भित्रि फिचरमा ठूलो अन्तर रहने छैन । तीन वटै कारमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम (एडास) लेभल टु उपलब्ध हुनेछ । तीन वटै कारमा भेरियन्ट अनुसार १०.२५ इन्चदेखि १५.६ इन्चसम्मको टच स्कृन पाउन सकिन्छ । प्रिमियम सिट, उत्कृष्ट म्युजिक सिस्टम, चारवटै चक्कामा डिस्क ब्रेक, ३६० डिग्री क्यामेरा जस्ता फिचर सबै मोडलमा उपलब्ध हुनेछ । यी कारको मूल्य पनि ३५ लाखदेखि ४० लाख भित्रै राखेर कम्पनीहरुले बिक्री गर्नेछन् । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो भने जीएसी आयोनको बिक्रेता सीजी मोटर्स हो । जिलीका गाडी एलआरआर मोटर्सले बिक्री गर्दै आएको छ । यी तीनवटै मोडल एकसाथ बजारमा आउने हो भने निकै कडा र रोचक प्रतिस्पर्धा देख्न पाइने छ । अहिले नामी-०१ र बीवाइडी डल्फिन उपलब्ध सेग्मेन्टमा थपिने नयाँ मोडलको रणनीतिले नै बजारमा ठूलो अन्तर ल्याउने अनुमान गर्न सकिन्छ । The post एउटै सेग्मेन्टमा तीन ब्राण्डले उतार्दै नयाँ ईभी, तपाईंको छनोट कुन ? appeared first on Meroauto.