साताकाे पुस्तक : नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख - sahityapost.com
नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख –( प्र. स) प्रमोद प्रधान सर्जक नरेन्द्रबहादुर श्रेष्ठको बारेमा लेखिएको आलेखहरुको संग्रह हो ‘नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख’ । पुस्तकमा विभिन्न सर्जकहरुले श्रेष्ठको बारेमा लेख्नुभएको आलेखहरुलाई प्रमोद प्रधानले सम्पादन गर्नुभएको छ ।संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठको ‘जङ्कुको अवसर पारेर नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख पुस्तक प्रकाशन गरिएको छ । श्रेष्ठ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । साहित्य सिर्जना, सम्पादन, चित्रकला, मूर्तिकला, जराकला, समाजसेवाका अलावा संघ(संस्थामा श्रेष्ठले पुऱ्याएको योगदानको पुस्तकमा चर्चा गरिएको छ । नरेन्द्रबहादुर श्रेष्ठ नेपाली साहित्य र कलाका क्षेत्रमा सुपरिचित नाम हो । विगत पाँच दशक लामो यात्रामा श्रेष्ठले काव्य सिर्जना, गीत रचना, चित्रकला, जराकला र मूर्तिकलाका माध्यमबाट यथेष्ट योगदान पुऱ्याउनु भएको छ । यस कृतिको प्रकाशनका माध्यमबाट उहाँको योगदानलाई थप उजागर गर्न पाउँदा खुशी लागेको छ । साथै साहित्यिक पत्रकार संघलाई विश्वास र भरोसा गरेर यो कृति प्रकाशनको जिम्मेवारी दिनुभएकोमा सर्जक श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्छु । विचारका दृष्टिले स्वतन्त्र सर्जक नरेन्द्र देश, जनता, स्वतन्त्रता, मानवता, प्रजातन्त्रका लागि लेख्नुहुन्छ । विकास र समृद्धिको लागि सोच्नुहुन्छ । सिर्जनामा आफ्नै मौलिकता रहेको नरेन्द्र विशेषतः जरा कलाकार भनेर चिनिनुहुन्छ । आजभन्दा एक दशकअघि नरेन्द्रबहादुर श्रेष्ठको ‘दृष्टिकोण’ जरामा अर्थ खोज्दै कला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा १० दिनसम्म भएको थियो भने उहाँका जराकलामा आधारित रहेर ३५ जना कविहरूले कविता सिर्जना गरेका थिए । कविता प्रेमालाप हिन्दी र बाला भाषामा समेत अनुवाद भएको छ । त्यसो त उहाँको ‘सीताहरण’ कलाबारे कान्तिपुरमा आएको विशेष प्रस्तुति ‘सिंहदरबारमा रावण भेटियो’ले तत्कालीन माओवादी जनयुद्धको अवस्थामा विशेष चर्चा पाएको थियो । कलासम्बन्धी कुनै औपचारिक शिक्षा नपाएका नरेन्द्र आफ्नै सीप, जाँगर र मेहनतले सिर्जनामा लाग्नुभएको हो । पुस्तकलाई साहित्यिक पत्रकार संघले बजारमा ल्याएको हो । पुस्तक चार सय ७२ पृष्ठमा फैलिएको छ । The post साताकाे पुस्तक : नरेन्द्रबहादुर श्रेष्ठ आलेख र अभिलेख appeared first on साहित्यपोस्ट.