Redirecting...

आरजु राणासहित १० जना हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई लिन नेपाल प्रहरी फिलिपिन्स जाने - bishwokhabar.com

आरजु राणासहित १० जना हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई लिन नेपाल प्रहरी फिलिपिन्स जाने - bishwokhabar.com
Source: bsbk

काठमाडौं– इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । आरजु राणा सहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले पक्राउ गरेको थियो । काभ्रे घर भएका पाठकले राईसहित १० जनालाई धम्की दिएका हुन् । पाठक भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको थाहा भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना इन्स्पेक्टर जाने निर्णय भएको छ । पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए । प्रकाश पाठकसँग कनेक्सनमा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनार छन् ।