Redirecting...

१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ डिसेम्बर ८ मा हुने, अन्तराष्ट्रिय विश्वविद्यालय र कलेजको सहभागिता रहने - taksarnews.com

१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ डिसेम्बर ८ मा हुने, अन्तराष्ट्रिय विश्वविद्यालय र कलेजको सहभागिता रहने - taksarnews.com
Source: tsar

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ आगामी ८ डिसेम्बर २०२५ (सोमबार) द एभरेस्ट होटल, नयाँ बानेश्वरमा आयोजना हुने भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अनुसार मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपका सयौँ विश्वविद्यालय र कलेजको सहभागिता रहनेछ। देश–विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक हजारौँ विद्यार्थीलाई फेयरले आकर्षित गर्ने अपेक्षा गरिएको छ। यस वर्षको फेयरमा छात्रवृत्ति जानकारी, स्थलमै भर्नाको अवसर (स्पट एडमिसन), पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शन, अध्ययनपछि रोजगारी अवसरबारे जानकारी, र ग्लोबल माइग्रेशनबारे परामर्श प्रमुख आकर्षण रहनेछन्। मेला बिहान ९:३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहनेछ। विद्यार्थीका लागि मेलामा इंटरएक्टिभ सत्र, स्पट असेस्मेन्ट, तथा विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने विशेष सुविधा प्रदान गरिने इक्यानका कोषाध्यक्ष आशिक कार्कीले जानकारी दिए। उनका अनुसार फेयरले विद्यार्थी, अभिभावक तथा शिक्षामा रुचि राख्नेहरूलाई शैक्षिक तथा करियर विकल्पबारे विश्वसनीय तथा विस्तृत जानकारी प्राप्त गर्न एक प्रभावकारी मञ्च उपलब्ध गराउनेछ।