Redirecting...

प्रेमिल साँझमा नेपथ्यसँगै जाग्यो शान्त बन्दीपुर - farakdhar.com

प्रेमिल साँझमा नेपथ्यसँगै जाग्यो शान्त बन्दीपुर - farakdhar.com
Source: FRDH

विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो । देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड नेपथ्यले दर्शकको घुइँचोमाझ तन्नेरी मनका गीतहरू गुन्जाउँदै थियो । निर्धारित समयमै कार्यक्रम थालनी गर्दा बन्दीपुरमा बेलुकीको चिरपरिचित सिरसिरे हावा चल्न सुरु भएको थियो । मञ्चमा आएका ब्यान्ड सदस्यहरूले पहिलो कोसेलीस्वरूप ‘हो रामा रामा’ सुनाए । परसम्मकै बस्तीहरू जोडेर तयार भएको यो सिङ्गो गाउँपालिकाकै जनसङ्ख्या १९ हजार छ, नेपथ्य हेर्न ...