Redirecting...

एनपीएलको सबै टिकट बिक्री, टिकट नभएकालाई खेल स्थल नआउन प्रहरीको अनुरोध - taksarnews.com

एनपीएलको सबै टिकट बिक्री, टिकट नभएकालाई खेल स्थल नआउन प्रहरीको अनुरोध - taksarnews.com
Source: tsar

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज मंसिर २७ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) खेल मैदानमा हुने फाइनल खेलका सम्पूर्ण टिकट बिक्री भइसकेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार फाइनल खेलका लागि अब कुनै पनि टिकट उपलब्ध नरहेकाले टिकट नभएका दर्शकलाई खेल स्थल नआउन अनुरोध गरिएको छ। प्रहरीका अनुसार खेल स्थल बाहिर अनावश्यक भिडभाड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै टिकट नपाएका खेलप्रेमीलाई आफ्नै अनुकूल स्थानमा बसेर खेल हेर्न आग्रह गरिएको हो। प्रहरीले खेल स्थल बाहिर भिड नगरिदिन, शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न तथा सुरक्षा व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्नु नागरिकको दायित्व भएको उल्लेख गरेको छ। नेपाल प्रिमियर लिगको फाइनल खेललाई लिएर दर्शकको उत्साह उच्च रहेकाले सम्भावित भीड नियन्त्रणका लागि प्रहरी प्रशासन सतर्क रहेको जनाएको छ।