Redirecting...

विराटनगरविरुद्ध लुम्बिनीले पहिला बलिङ गर्ने - www.hamrokhelkud.com

विराटनगरविरुद्ध लुम्बिनीले पहिला बलिङ गर्ने - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस खेल्दैछन्। यो सिजन एनपिएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन्। उनको आगमनले विराटनगर थप मजबुत हुने अपेक्षा गरिएको छ। विराटनगर र लुम्बिनी दुबैको छैटौं खेल हो। ४ जित र १ हार सहित ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आज जितमा विराटनगर प्ले अफमा पुग्नेछ। यता लुम्बिनीलाई भने जित निकै महत्वपूर्ण छ। खेलमा ३ हार र २ जितले मात्र ४ अंक बनाएको छ। हारले भने लुम्बिनीको प्ले अफ यात्रा निकै कठिन बन्नेछ। यदि आज जित निकाले लुम्बिनीको प्ले अफ यात्रा केहि सहज बन्नेछ। लुम्बिनीले पहिलो खेलमा पोखरालाई हराएर जितबाट सुरुवात गरेको थियो। यसपछि लुम्बिनी लागातार ३ खेलमा सुदूरपश्चिम, काठमाडौं गोर्खाज र कर्णाली याक्स सँग पराजित भएको । त्यसपछि पछिल्लो खेलमा चितवन राइनोजलाई हराएको थियो। विराटनगर चितवनसँग हार्दा कर्णाली, काठमाडौं, जनकपुर र काठमाडौंलाई हराएको थियो। कर्णाली प्ले अफबाट बाहिरिसकेको छ। सुदूरपश्चिम प्ले अफमा पुगिसकेको छ। बाँकी ३ टोलीका लागि ७ टोली दौडमा छन्। विराटनगर र लुम्बिनी दुवैले आज एक – एक खेलाडी परिवर्तन गरेका छन्। विराटनगरका साहान जयसुर्याको स्थानमा फाफले खेल्दै छन्। लुम्बिनीका गुलबद्दीन नायबको स्थानमा आज जेजे स्मिथले खेल्दैछन्। The post विराटनगरविरुद्ध लुम्बिनीले पहिला बलिङ गर्ने first appeared on हाम्रो खेलकुद.