Redirecting...

रघुजी पन्तले छाडे ओलीको साथ, ईश्वर समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिँदै - farakdhar.com

रघुजी पन्तले छाडे ओलीको साथ, ईश्वर समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिँदै - farakdhar.com
Source: FRDH

नेकपा एमालेका नेता रघुजी पन्तले एघारौँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूहबाट अलग भएर पन्त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ओली समूहले उपाध्यक्षका लागि रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंग्याएको भनिए पनि प्रदीप ज्ञवालीको नाम समूहमा अटाएको थिएन ।  यसअघि ईश्वर पक्षको उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङको नाम टुंगो लागेको थियो ।