Redirecting...

भारत आइपुगे लियोनल मेस्सी - farakdhar.com

भारत आइपुगे लियोनल मेस्सी - farakdhar.com
Source: FRDH

अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन् । उनको साथमा साथी खेलाडी लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन् ।  मेस्सीको आगमन जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भएको हो ।  कोलकातामा मेस्सीलाई हेर्न हजारौं फ्यान विमानस्थलमा भेला भएका थिए। समाचार एजेन्सी पीटीआई का अनुसार उनका समर्थक मध्यरातसम्म उनलाई स्वागत गर्न पर्खिरहेका थिए ।  मेस्सीको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण भएको थियो । ​मेस्सी तीन दिन भारतमा रहनेछन् ।