नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन - swasthyakhabar.com
Source: swkh
नेपाल चिकित्सक संघका यी तीन वर्ष मेरा लागि ठूलो सिकाइको यात्रा रहे। तत्कालीन अध्यक्ष डा. अनिल कार्की र महासचिव डा. संजीव तिवारीसँग नजिक भएर काम गर्ने अवसरले नेतृत्व, व्यवस्थापन र संस्थागत संस्कारका धेरै आयामहरू बुझ्ने अवसर दियो। तीन वर्षअघि म आजको मभन्दा कम परिपक्व थिएँ—यो यात्राले मलाई अझ जिम्मेवार, संयमित र सक्षम नेतृत्वतर्फ अघि बढाएको छ।