रास्वपाको केन्द्रीय समिति बैठक बस्दै - corporatekhabar.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्ने पार्टी प्रवक्ता मनिस झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिबेनलगायतका विषयमा छलफल हुने प्रवक्ता झाको भनाइ छ । साथै बैठकमा प्रदेश इन्चार्जहरूले प्रदेश रणनीतिबारे सार एवं रिपोर्ट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । केन्द्रीय सदस्यले रिपोर्टिङको लागि अधिकतम २ मिनेट समय पाउनेछन् । बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा पनि छलफल र अनुमोदन गर्नेछ भने विधान व्याख्या अनुमोदन सम्बन्धमा, केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा र पूर्व केन्द्रीय सदस्यहरूलाई पुन: जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने पार्टी प्रवक्ता झाले जानकारी दिए । The post रास्वपाको केन्द्रीय समिति बैठक बस्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.