Redirecting...

क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी - www.onlinepana.com

क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी - www.onlinepana.com
Source: onpa

काठमाडौं । भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भइरहेको हो । हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरू विरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर छ । The post क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस जारी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).