Redirecting...

टिकटकले क्रियटर्सहरूका लागि “कन्टेन्ट मोडरेसन” सुविधाको परीक्षण गर्दै - technologykhabar.com

टिकटकले क्रियटर्सहरूका लागि “कन्टेन्ट मोडरेसन” सुविधाको परीक्षण गर्दै - technologykhabar.com
Source: tckb

टिकटकको “फर यु” सिफारिसहरू लामो समयदेखि प्लेटफर्ममा क्रियटर्स (सिर्जनाकर्ताहरू) का लागि रहस्य बनेको छ। सबैभन्दा अनुभवीहरूले पनि केही भिडियोहरू भाइरल हुने र अरू नहुने कारणको बारेमा बुझ्न नसकेको उल्लेख गरिएको छ। यस एप्लिकेसनको रिकमेण्डेसन (सिफारिस) एल्गोरिथ्मले स्वीकार नगर्ने कन्टेन्ट (सामग्री) का प्रकारहरूको बारेमा लामो समयदेखि अनुमानहरु गरिँदै आइएको छ। तर, अब कम्पनीले यो प्रणाली कसरी काम गर्छ भन्ने बारे क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई थप पारदर्शिता प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। टिकटकले “कन्टेन्ट चेक” (सामग्री जाँच) नामक नयाँ सुविधा परीक्षण गरिरहेको छ जसले क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई तिनीहरूको भिडियोहरूमा “फर यु” पेजमा देखा पर्नबाट रोक्न सक्ने कुनै समस्याहरू छन् कि छैनन् भनेर जाँच गर्न अनुमति दिनेछ। यो सबै यस सुविधाको सरलीकृत संस्करणबाट सुरु हुनेछ जसलाई “कन्टेन्ट चेक लाइट” भनिन्छ र जुन वेब–आधारित हुनुका साथै टिकटक स्टुडियोमा डेस्कटपको लागि उपलब्ध हुने भएको छ। यो सुविधाले अपलोड गरिएका भिडियोहरूले “फर यु” मा सिफारिस गरिने आवश्यकताहरू पूरा गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नेछ र प्रकाशन गर्नु अघि सम्भावित समस्याहरूलाई हाइलाइट गर्नेछ। कम्पनीले थप व्यापक कन्टेन्ट रिभ्यू (सामग्री समीक्षा) सुविधाको प्रयोगको “प्रारम्भिक चरण” मा रहेको बताएको छ जसले कन्टेन्ट (सामग्री) को कुनै टुक्रा प्रकाशित हुनु अघि सबै दिशानिर्देशहरू पूरा गर्दछ कि गर्दैन भनेर देखाउनेछ र साथै स्वीकार्य नभएको कन्टेन्ट (सामग्री) लाई कसरी सुधार गर्ने भन्ने बारे ठोस प्रतिक्रिया प्रदान गर्नेछ। क्रियटर्स (सिर्जनाकर्ताहरू) को सानो समूह हाल परीक्षणमा भाग लिइरहेको टेलीग्राफले रिपोर्ट गरेको छ। टिकटकले पहिले नै टिकटक शपमा विक्रेताहरूको लागि सुविधाको संस्करण परीक्षण गरिसकेको बताइएको छ र यसले “कम–गुणस्तरको सामग्री” मा २७ प्रतिशत कमी ल्याएको बताएको छ। यो सुविधाले कम्पनीलाई क्रियटर्स (सिर्जनाकर्ताहरू) बाट थप विश्वास प्राप्त गर्न मद्दत गर्ने उल्लेख गरिएको छ। कम्पनीले क्रियटर्स (सिर्जनाकर्ताहरू) का लागि अन्य धेरै सुविधाहरू पनि थप गरेको छ जसमा कमेण्टस् (टिप्पणीहरू) म्यूट गर्ने र फिल्टर गर्ने नयाँ नियन्त्रणहरू समावेश छन्। यसले लाइभ स्ट्रिमहरू र अन्य पोस्टहरूमा कमेण्ट (टिप्पणी) हरूबाट निश्चित शब्दहरू हटाउन सजिलो बनाउने उल्लेख गरिएको छ। एप भित्र सञ्चार व्यवस्थापन गर्न सजिलो बनाउनका लागि एपमा “ क्रियटर म्यासेज बक्स” पनि उपलब्ध हुनेछ। आफ्ना फलोअर्सहरूसँग अन्तक्र्रिया गर्न समर्पित ठाउँ चाहने क्रियटर्स (सिर्जनाकर्ता) हरूले “क्रियटर च्याट रूम्स” को फाइदा लिन सक्नेछन् र जसले अनुमोदित प्रोफाइलहरूलाई ३०० सम्मका फलोअर्सहरूसहितको कुराकानीको लागि समर्पित ठाउँ सिर्जना गर्न अनुमति दिनेछ। The post टिकटकले क्रियटर्सहरूका लागि “कन्टेन्ट मोडरेसन” सुविधाको परीक्षण गर्दै appeared first on Technology Khabar.