Redirecting...

बार्सिलोनाको हार - www.hamrokhelkud.com

बार्सिलोनाको हार - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी –बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ। स्पेनिस लिगमा आइतवार सेभिल्लाले बार्सिलोनालाई ४–१ ले हारेको‌ छ। बार्सिलोनाका युवा खेलाडी लामिन यामाल चोटका कारण खेलेनन्। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर पनि गुमाए। गत साता बार्सिलोनाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पनि हार बेहोरेको थियो। लगातार हारपछि टिम अन्तर्राष्ट्रिय विश्रामअघि दबाबमा पुरेको छ। रियल म्याड्रिडले शनिबार भिल्ललारियललाई ३–१ ले हराएपछि शीर्ष स्थानमा उक्लिएको थियो । रियलको भन्दा बार्सिलोनाको २ अंक कम छ। सेभिल्लाले दशकपछि पहिलोपटक बार्सिलोनालाई लिगमा हरायो र चौथो स्थानमा उक्लियो। १३औं मिनेटमा रोनाल्ड अराउजोले रोमेरोलाई फाउल गरेपछि एलेक्सिस सान्चेजले पेनाल्टीबाट सेभिल्लालाई अग्रता दिलाए। त्यसपछि रोमेरोले नै अर्को काउन्टर आक्रमणबाट ३६ औं मिनेटमा दोस्रो गोल थपे। बार्सिलोनाका मार्कस रासफोर्डले पेड्रीको पासमा पहिलो हाफकै अन्त्यतिर एक गोल फर्काए। तर दोस्रो हाफमा लेवान्डोस्कीको पेनाल्टी चुकेपछि खेल फेरि सेभिल्लाको पक्षमा गयो। ८९औं मिनेटमा जोसे एन्जेल कार्मोनाले टाढाबाट सुन्दर गोल गर्दै अग्रता ३-१ बनाए। इन्ज्युरी समयको छैंटौं मिनेटमा एकोर एडम्सले गोल गर्दै सेभिल्लाको जित पक्का गरे। बार्सिलोनाले यसअघि सेभियाविरुद्ध लगातार ७ खेल जितेको थियो। अर्को खेलमा आलाभेसले एल्चेलाई ३–१ ले हरायो।The post बार्सिलोनाको हार first appeared on हाम्रो खेलकुद.