Redirecting...

जम्मू कश्मीरको उधमपुरमा सीआरपीएफको गाडी दुर्घटना: तीन सैनिकको मृत्यु - corporatekhabar.com

जम्मू कश्मीरको उधमपुरमा सीआरपीएफको गाडी दुर्घटना: तीन सैनिकको मृत्यु - corporatekhabar.com
Source: cork

काठमाडौँ । भारतको जम्मू कश्मीरको उधमपुरमा गाडी दुर्घटना हुदाँ केन्द्रीय रिजर्भ पुलिस बलका तीन सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १५ सैनिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको भारतीय संञ्चारमाध्यमले उल्लेख गरेका छन् । केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ को १८७औं बटालियनको बस उधमपुर जिल्लाको कडवाबाट बसन्त गढ जाँदै गर्दा लगभग २०० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ । विहिबार बिहान दुर्घटना भएको बसमा कुल १८ सैनिक रहेका थिए । सबै घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उधमपुरको सैन्य अस्पतालमा भर्ना गरिएको छ । The post जम्मू कश्मीरको उधमपुरमा सीआरपीएफको गाडी दुर्घटना: तीन सैनिकको मृत्यु appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.