Redirecting...

नीलकण्ठ नगरपालिकाको बजेट हेरफेरमा विवाद, उपप्रमुखले असहमति-पत्र बुझाए - ehimalayatimes.com

नीलकण्ठ नगरपालिकाको बजेट हेरफेरमा विवाद, उपप्रमुखले असहमति-पत्र बुझाए - ehimalayatimes.com
Source: hmlt

धादिङ । नीलकण्ठ नगरपालिकामा बजेट हेरफेर प्रकरणले नगरप्रमुख र उपप्रमुखबीच विवाद उत्पन्न भएको छ। नगरपालिकाको १७औँ नगरसभा तथा बजेट अधिवेशनले पारित गरेको बजेटमा नगरप्रमुखले फेरबदल गरेपछि विवाद सुरु भएको हो। उपप्रमुख दीपक विश्वकर्माले ६ बुँदे असहमति पत्र नगरप्रमुखलाई बुझाउनु भएकाे छ । नगरसभा—असार ६ मा प्रस्तावित र असार २४ मा पारित—बजेट रु १ अर्ब २२ करोड ९५ लाख ५ हजार रहेको र असोजसम्म कार्यान्वयनमा आएको असहमति पत्रमा उपप्रमुखले उल्लेख छ। सो बजेट नगरपालिकाको वेबसाइटमा पनि प्रकाशित भएको थियो। तर, कार्तिक महिनामा बजेटमा रु १ अर्ब २५ करोड ९७ लाख २२ हजारको नयाँ रकम थपिएको र यसको स्रोत तथा कानुनी प्रक्रिया स्पष्ट नभएको उपप्रमुखले प्रश्न उठाउनु भएकाे छ । उपप्रमुख विश्वकर्माले स्थानीय सरकार सञ्चालन ऐन र अन्य कानुन विपरीत नगरसभाले पारित बजेट तोडमोड गरिएको आरोप लगाउनु भएकाे छ । यसले संघीय र प्रदेश तहसँग समन्वय गर्दै स्थानीय तह सुदृढीकरणको जिम्मेवारीमा समेत प्रश्न उठाएको बताइएको छ।