मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : ३९ मतदान केन्द्र कायम - farakdhar.com
Source: FRDH
आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँ पालिकास्थित पाँचवटा मतदान स्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठ वटा मतदान केन्द्र तथा मतदान स्थलमध्ये पाँच वटाको संयुक्त अनुगमन गरेको हो । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि म...