तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशु दिवस मनाउँदै - swasthyakhabar.com
Source: swkh
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण डाइबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।