इलाम पहिरो : ज्यान गुमाउनेको संख्या २१ पुग्यो, गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार - www.sutranews.com
Source: sutr
काठमाडौं । लगातारको वर्षापछि इलामको विभिन्न स्थानमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । पहिरो अझै केही बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका र हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ । पहिरोमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार थालिएको छ । जसअनुसार माङ्सेबुङ्गमा पहिरोमा फसेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । पहिरोका कारण मेची राजमार्ग अवरुछ हुँदा घाइतेको उपचारमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि तैनाथ गरिएको हो। इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंगलगायत स्थानीय तहमा खसेको पहिरोका कारण दर्जनौँ घरहरु पुरिएका छन् भने सयौँ स्थानीय प्रभावित भएका छन् ।