Redirecting...

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने - farakdhar.com

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने - farakdhar.com
Source: FRDH

नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने भएका छन् । उनले राजशाही वारियर्सबाट बिपिएल खेल्ने भएका हुन् ।  राजशाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपलाई आफ्नो टिममा अनुबन्ध गरेको जानकारी दिएको हो । बिपिएल २०२५ यही २६ डिसेम्बरदेखि सुरु हुनेछ । सन्दीपले शनिबार सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सानदार प्रदर्शन गरेका थिए । उनी लिगमा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहे । सन्दीप यस सिजनको एनपिएलमा १७ विकेट लिए ।